दमकमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

0
253

दमक/ झापाको दमक नगरपालिका वडा नं . २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

मंगलबार राती करिब साढे १० बजे उतरबाट दक्षिण तर्फ आउदै गरेको प्र१–०२–०४३प ६९२६ नम्बरको ३ जना सवार मोटरसाइकल आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चालक खोटाङ चिसापानी ४ का २३ बर्षिय अनिल वि.क, चितवन राप्ती ४ का १९ बर्षिय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ बर्षिय अनिल लामगाधे तिनै जनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार मृत्यु हुने तीनै जना सुन पसलमा कार्यरत थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here