दमक उद्योग वाणिज्य संघकाे ३० औं वार्षिक साधारणसभा सम्पन्न

0
223

दमक उद्योग वाणिज्य संघले आफ्नौ ३० औं वार्षिक साधारणसभाको अवसर पारि विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मान गरिएको हो ।

लामो समय देखि दमक व्यवसायी गर्दै आएका डम्बर राई र राजोदेवी शाहालाई कार्यक्रममा सम्मान गरियो । यसै गरि सञ्चार क्षेत्र मार्फत दमकको उद्योग वाणिज्य एवम् निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग गरेको भन्दै पत्रकार गिरीराज भट्टराईलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

यसै गरि कोभिड नियन्त्रणका क्षेत्रमा महत्वपूणर् योगदान पुर्याएको भन्दै दमक स्थित आम्दा अस्पतालका निवर्तमान मेडीकल सुपरीटेण्डेन्ट डाक्टर नविन ढकाल एवम् दमक अस्पतालकी सुचना अधिकारी देवी दंगाललाई समेत कार्यक्रममा सम्मान गरियो । यस्तै संघले स्थापना गरेको महामारी नियन्त्रण समितिका संयोजक संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई सहित समितिका सदस्यहरुलाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले जानकारी दिए ।

यस्तै होटल व्यवसायी संघको प्रदेश १ मा निर्वाचित राजन दंगाल, निर्माण व्यवसायी संघ झापाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित रमेश अधिकारी र कोषाध्यक्षमा निर्वाचित चन्द्र खत्रीलाई बधाई सहित कार्यक्रममा सम्मान गरिएको थियो । । कार्यक्रममा विभिन्न प्रतिवेदन समेत पेश गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here