दमक ३ वडाध्यक्ष कप फुटबल : सामाजिक युवा क्लब काठमाडौंको जित

0
199

दमक/दमक ३ मा जारी वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको आज ( बुधबार) को खेलमा सामाजिक युवा क्लब काठामाडौंले जित हासिल गरेको छ ।

काठमाडौंले दमक नगर खेलकुद बिकास समितिको टिमलाई १–० को गोल अन्तरले पराजित गरेको हो । सो खेलमा सामाजिक युवा क्लबका टिम क्याप्टेन क्रिजल खडकाले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पनि खडकानै घोषित भएका आयोजक दमक ३ का खेलकुद उपसमिति संयोजक विरेन्द्र चापागाइँले जानकारी दिए । प्रतियोगिता अन्तर्गत भोली ( बिहिबार)देखि पहिलो सेमिफाइनलका खेल शुरु हुनेछन ।

पहिलो सेमिफाइनल अन्तर्गत बिहिबार मंगलबारे ११ र पथरी स्पोर्टिङ क्लबबीच खेल हुने जनाइएको छ । ११ पुष सम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि र मेडल प्राप्त गर्ने दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए । खेलको व्यवसायिक बिकासमा टेवा पुरयाउने उद्धेश्यले सो वडाको संयोजकत्वमा नगरपालिका र विभिन्न दाताहरुको सहयोगमा प्रस्तावित मदन भण्डारी स्मृति रंगाशालामा सो प्रतियोगिता सञ्चालन गरिएको बरालले जनाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here