दमकमा ३ दिने बृहत स्वास्थ्य शिविर सुरु

0
240

दमक / विभिन्न प्रकारका विरामीहरुको उपचारका लागि ३ दिने निशुल्क स्वास्थ्य शिविर शुक्रबार देखि दमकमा शुरु भएको छ ।

३ दिन सञ्चालन हुने शिविरमा मुटुरोग, वालरोग तथा अन्य बिरामीहरुको समेत परीक्षण गरिने र निशुल्क औषधी समेत विरण गरिने दमक नगरपालिकाले जनाएको छ । घुन्सा फाउण्डेन, विपन्नका लागि स्वास्थ्य नेपाल र मनमोहन कार्डियो तथा भास्कुलर सेन्टरको सहयोग र दमक नगरपालिकाको आयोजनामा शिविर सञ्चालन गरेको हो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । नगर उपप्रमुख गीता अधिकारीका अनुसार शिविरमा ७० भन्दा बढि डाक्टरहरुले सेवा दिने र झापा, ईलाम तथा मोरङ्का समेत सेवाग्राहीले लाभ लिने छन् । दमक ७ स्थित पशुहाटमा सञ्चालित शिविर आईतबार सम्म चल्ने छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here