हायसबाट खसेर दमकमा एक युवकको मृत्यु

0
380

दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ४ कृष्णमन्दिरमा यात्रुबहाक हायस माइक्रोको ढोकाबाट निस्किने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ का २१ बर्षिय निर्मल खवास रहेका छन । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ८६२७ नम्बरको हायसबाट हिजो करिब ११ बजे झरेर गम्भिर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा राती करिब १२ बजे उनको उपचारकै क्रममा ज्यान गएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here