धुमधामका साथ मनाइयाे शिवसताक्षीमा चासोक तङ्नाम २०७८

0
190

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा अवस्थित मिलन चौकमा पुस ६ गते (मंगलबार) मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ धुमधामका साथ मनाइएको छ ।

आयोजक मिलन साँस्कृतिक परिवारले आयोजना गरेको चासोक तङ्नाममा चासोक सेवा पूजा तथा प्रसाद वितरण कार्यक्रम, चासोक तङ्नाम प्रमुख कार्यक्रमको उद्घाटन र छेलो (पलङ) धनु (लि), डोरी तान्ने (इधाक) लगायतका खेलहरु गरिएको थियो ।

राजबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगरका प्रमुख चन्द्रकुमार सेर्मा रहनुभएको थियो । यस्तैगरी किरात याक्थुुङ चुम्लुुङका नगर अध्यक्ष विरवल जबेगु, वडा नं. ७ का अध्यक्ष नविन इजम, नेकपा एमाले नगर अध्यक्ष रोशन थोप्रा, समाजसेवी जितेन्द्र चेम्जोङ, समाजसेवी तुलाराम बोखिम, सन्तोष थोप्रा, सुर्य योङ्या, नेपाली कांग्रेस नगर उपाध्यक्ष सन्त फेउदेन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । र, कार्यक्रमको अन्त्यमा गायक एकदेव लिम्बु र गायिका सुनिता संयक (लिम्बु)ले आफ्नो प्रस्तुति पस्केका थिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here