लायन्स क्लव अफ दमक झापाकाे अाैपचारीक सुरूवात

0
175

दमक/ झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले दमकमा एक कार्यक्रमबीच क्लव चार्टर भएको घोषणा गरेकाछन् ।

 

क्लवमा लायन्सका पुराना तथा नयाँ सदस्यहरु गरेर २७ जना रहेकाछन् । अध्यक्षमा अशोक चौधरी, प्रथम उपाध्यक्षमा राम थपलिया, सचिवमा विष्णुप्रसाद पोखरेल रहेकाछन् । यसैगरी द्वितिय उपाध्यक्ष लोकश सापकोटा र तृतिय उपाध्यक्षमा सन्तोष महासेठछन् । कोशाध्यक्षमा सन्दिप साहेवाला, जोइन्ट कोशाध्यक्षमा मुकेश गुप्ता, सह सचिवमा नरेश बन्जरा, पिआरओमा विणा शाह चार्टर भएकाछन् ।

क्लवको सदस्यहरुमा डिल्लिाराम ओली, विष्णु शाह, डेविट विष्ट, पुजा अग्रवाल, शिला चौधरी, वविता तिम्सिना, भीमादेबी खरेल, अनु तिम्सिना विष्ट, शम्भु चौधरी, विक्रम अधिकारी, प्रीति अग्रवाल, शुनिल शाह, मन्जु गुप्ता, ममता देबि चौधरी, सुर्य बहादुर बस्नेत र राजेश शाह रहेकाछन् ।

क्लव खुलेर सक्रिय भएको डेढ महिनाभन्दा बढि भएपनि शनिवार औपचारिक चार्टर भएको हो । क्लवले यो अवधिमा दुई दर्जनभन्दा बढि ठुला तथा साना सामाजिक कार्यहरु गरेको क्लवका अध्यक्ष अशोक चौधरीले बताए ।

क्लव खुलेको छोटो समयमा नै राम्रा कार्यहरु गरेको र क्लवमा पुराना लायन्सहरुको नै अग्रभागमा नेतृत्व रहेको भन्दै गर्भनर कार्कीले सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्याल, रिजन चियर पर्सन दिवस राई लगायतले पनि क्लवलाई शुभकामना दिएकाछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here