दमक अस्पताललाई क्यारितास नेपालको सहयोग

0
265

दमक / कारितास ईन्टरनेसनलकाे आर्थिक सहयाेगमा कारितास नेपालले व्लड एनलाईजर मेसिन हस्तान्तरण गरेकाे छ ।

दमक अस्पताल परिसरमा आज एक कार्यक्रम गरि दमक अस्पताल अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा उपमेयर गिता अधिकारी र अस्पतालका मेसु डा खड्ग लिम्वुलाई साे मेसिन हस्तान्तरण गरीएकाे हाे । काेभिड तथा अन्य बिरामीलाई रगतमा साेडियम, पाेटासियम, क्यालसियम लगायत अन्यकुराहरूकाे अवस्था पत्तालाउन सहयाेगि हुने मेसिन तथा त्यसमा लाग्ने केमिकल र अक्सिमिटर, थर्माेमिटर, सेनिटाईजर माक्स लगायत काे काेराेना कीट २० थान पनि हस्तानतरण गरिएकाे हाे ।

समाग्री हस्तानतरणमा बाेल्दै कारितास नेपाल दमक कार्यलय प्रमुख देवेन्द्र पाेख्रेलले कारितास बिपद तथा महामारिमा विभिन्न सहयाेग गरि रहेकाे र हाल काेराेना महामारिमा नेपालभरिनै विभिन्न जिल्लाहरूमा विभिन्न स्वास्थ्य सामाग्री तथा खाध्यान्न सहयाेग गरिरहेकाे साेहि कार्य अन्तरगत ब्लड एनलाईजर मेसिन र काेराेना कीट दमक अस्पताललाई बितरण गरिएकाे बताए। कार्यकममा दमक नगर पालिका प्रमुख राेमनाथ ओलीले याे मेसिन ले अस्पतालकाे सेवा प्रभाहमा थप सहयाेगि वन्ने र दमक र आसपासका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्न मद्धत पुग्ने वताउदै सहयाेगि सस्थालाई धन्यवाद व्यक्त गरे ।

कार्यकममा दमक जेसिजका अध्यक्ष जेसि शुयाेग खरेल लायन्स क्लव अफ माउन्ट एभरेस्ट दमकका निवर्तमान अध्यक्ष दिनेश अग्रवाल लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम कारितास नेपालका गाेविन्द राज कट्टेलले सन्चालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here