खोप उपलव्ध गराउन नगरपालिका क्रियाशिल छ : मेयर ओली

0
165

दमक / दमक नगरपालिकाका सर्वसाधारणले खोपको दर वृद्धी गरि जनजीवन सामान्य बनाउने तर्फ केन्द्रित हुन नगरपालिकालाई आग्रह गरेका छन् ।

बुधबार नगरपालिकामा भएको सर्वपक्षिय छफलमा उनीहरुले निषेधाज्ञा निष्प्रभावी हुँदै गएकाले खोपकोा मात्रा वृद्धी गर्नुको विकल्प नरहेको बताएका थिए ।

सोक्रममा नगर प्रमुख रोमनाथ ओलीले सके सम्म बढि भन्दा बढिलाई खोप उपलव्ध गराउन नगरपालिका क्रियाशिल रहेको बताए  । छलफलमा स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरीले खोप कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए। स्वास्थ्य शाखाका प्रवक्ता कुुबेर भट्टराईले शाखले  पछिल्लो चार महिना यता  कोरोना नियन्त्रण सम्बन्धी भएको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

यस्तै दमक नगरपालिका विधायन समिति संयोजक बोधराज न्यौपाने, डाक्टर नविन ढकाल, राजनीकर्मी शंकर बस्नेत लगायतले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन जोड दिनु पर्न बताएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here