सताक्षी धाममा रहेका साधु सन्तलाई लायन्स क्लबको सहयोग

0
258

दमक / झापाको सताक्षी धाममा रहेका साधु सन्तलाई लायन्स क्लब अफ दमक युनाइटेड,दमक गोल्ड, दमक डायनामिकले संयुक्त रूपमा खाध्यान्न सामग्री सहयोग गरेका छन् ।

लामो समय देखि लक डाउन भएको कारण उक्त क्षेत्रमा भक्तजन पुग्न नपाएको कारण त्यहाँ बसोबास गर्ने साधु सन्त तथा बटुकहरु लाई खाद्य सामग्री अभाव भएको भन्ने खबर क्लबका सचिब सन्दिप बस्नेतले पाए पछि उक्त स्थानमा खाना बाट कोही बञ्चित नहोस् भन्ने उद्देश्य अनुरूप आज एक कार्यक्रमका गरी लायन्स फुडबैक दमक मार्फत ३०० केजि चामल, २० केजि चिउरा, ३० केजि भुजा लगायत दाल, तेल, नुन, सावुन वितरण गरिएको हो ।

लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष साजन श्रेष्ठको नेतृत्वमा प्रमुख अतिथि गवर्नर एड अजय अग्रवाल, ईम्प्याक्ट एरिया चिफ ज्ञानु पाैडेल, रिजन चियर पर्सन राेसन बुढाथोकी, जाेन चियर पर्सन तुलसि राम तिम्सिना लगायतको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको थियो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here