दमक नगरपालिकाले सुरुगर्यो बजार अनुगमन, अधिकाँश व्यापारीमा देखियो लापरबाही

0
715

दमक / दमक नगरपालिकाले बजारको अनुगमन सुरुगरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि स्थानीय सरकार साउन १२ देखि लक डाउन गरेको थियो । सङ्क्रमण कम भए सङ्गै भदौ १ देखि लक डाउन केही खुकुलो भएको भएको छ । लक डाउन खुलेपनि जोखिम कायम रहेको कारण जिल्ला प्रशासनको निर्णय अनुसार दमकमा अनुगमन गरिएको छ ।

नगपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद तिम्सिनाको नेतृत्वमा दमक उद्योग वाणिज्यका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, रेडक्रस सोसइटी उपशाखा दमकका प्रमुख, दमक नगरपालिका स्वास्थय शाखा प्रमुख लगायतको टोलीले बजारको अनुगमन गरेको हो ।

लक डाउनमा धेरै मारमा व्यापारी परेको भए पनि लक डाउन खुले पछि आफूले गर्ने न्युनत्तम सुरक्षा विधि नपनाएको देखिएको छ । पसलमा ग्राहकले मास्कको प्रयोग गरेको तर व्यापारी स्वयमले यस्ता कुरामा ध्यान नदिएको पाइएको छ । सेनिटाइजार आफ्नै प्रयोगको लागि मात्र राख्ने, राख्दा पनि ग्राहकले देख्ने ठाउँमा नराखे, ग्राहकका लागि अनिवार्य मास्कप्रयोग नगराउने जस्ता गतिविधिले सङ्क्रमण बढ्न सक्ने देखिएको छ ।

व्यापारीले कोरोना भाइरस बाट बाँच्न अपनाउनु पर्ने न्युनत्तम सुरक्षाको विधि, मास्कको प्रयोग जस्ता कुराको अनुगमन गरिएको तर धेरै व्यापारीले लापरबाही गरेको र केहीले निकै राम्रो गरी सुरक्षाको विधि अपानाएको नगरपालिकाका कार्यकारी प्रमुख गणेश प्रसाद तिम्सिनाले बताए ।

धेरै दिन देखी बन्द भएको बजारमा भीड भाड भए पनि धेरै ले मास्कको प्रयोग गरेको देखिएको र व्यापारीहरूले सुरक्षित भएर व्यापार गर्नु पर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले बताए ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काले नेपाली हरुको चाडवाड नजिकिदै गएकोले फेरि लकडाउन हुन नदिन व्यापारीनै सजग हुनु पर्नेमा जोड दिए । व्यवसायी आफैले सुरक्षाका विधि अपनाएर पसल व्यवसाय सञ्चालन गर्नुपर्ने उनले बताए ।

दमकमा कोरोना संक्रमण केही कम मात्र भएको हो तर जोखिम घटेको छैन भन्दै नगरपालिकाले नियमित अनुगमन गर्ने जनाएको छ । अनुगमनका क्रममा  सुरक्षित विधि पालना नगरेको खण्डमा पसल बन्द गराउने र जरिवाना गराउने समेत नगरपलिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here