महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंक दमक शाखाको सहयोग

0
439

दमक / दमक उद्योग वाणिज्य संघको मातहतमा रहेको महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ ।

दमक उद्योग वाणिज्य संघमा आज एक कार्यक्रमका बीच कुमारी बैंक दमक उर्लाबारी शाखा प्रमुख युवराज दाहालले उक्त रकम बराबरको चेक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाई लाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

सोही अवरमा बोल्दै कुमारी बैंकका दमक, उर्लाबारी शाखाका प्रमुख युवराज दाहालले बैंकको सामाजिक उतार दायित्व अन्तर्गत समाजका विभिन्न क्षेत्रमा बैंकले गर्ने कार्यलाई निरन्तरता दिदै कोरोना महामारीबाट बाँच्नका लागि दमक उद्योग वाणिज्य संघले सुरु गरेको महामारी नियन्त्रण अभियानमा सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्तो सामाजिक काममा बैंकले सहायोग गर्दै जाने बताए ।

कार्यक्रममा महामारी नियन्त्रण समिति दमकका संयोजक प्रकाश प्रसाईले हालसम्मको गतिविधिको बारेमा जानकारी गराउँदै कोषमा १४ लाख बढी उठेको र लायन्स क्लब इन्टरनेशनलको सहयोगमा ४१ बराबरको सामान दमक अस्पताललाई हस्तान्तरण गरी सकिएको बताए । उनले मिसन रिबुल्ट नेपाल संगको सहकार्यमा दमक क्षेत्रमा २ करोड बढी रकम बराबरको अक्सिजन प्लान्ट ल्याउन लागेको समेत बताए ।

संघले सुरु गरेको अभियानमा दमक क्षेत्रमा रहेको बैंक, सहकारी, विभिन्न संघ संस्थाले यो अभियानमा सहयोग गरिरहेको दमक उद्योग वाणिज्यका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । उनले यस अघि हिमालयन बैंक दमक शाखाले पनि सहयोग गरेको जनाए । सो अवसरमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, प्रथम उपाध्यक्ष राजु खड्का, बैंकका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here