९ सय डलर सम्मको सगुनको शेयर खरिद गर्न पाइने

0
169

काठमाडौँ,   सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन् । सगुनले अमेरिकी कम्पनी, एक्जेम्प्लर कन्सल्टिङ्गसँग लगानी, व्यापार, आय तथा भविष्यको वृद्धिबारे रणनीति सहकार्यसम्बन्धी सम्झौता गरेको सहव्यवस्थापक कविन सिटौलाले जानकारी दिए ।

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय रहेको जनाइएको छ । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने त्यसको प्ल्याट फर्ममा प्रयोगकर्ताले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्न स्क्छन् भने आफ्ना साथीसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट क्वाइन’ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्ने व्यवस्था गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here