प्रदेश नं १ मा ८६० जनामा कोरोना सङ्क्रमण

0
165

 विराटनगर /  पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६९२ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जसमा एक हजार ४१० को पीसीआर परीक्षण गर्दा ४७० र एक हजार ४०४ को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९ मध्ये विराटनगरमा ३४, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८४, मोरङमा १४५ मध्ये विराटनगरमा ५४, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा सात, तेह्रथुम र उदयपुरमा चार चार, पाँचथर, सङ्खुवासभा र खोटाङमा एक एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आजै ४१३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित आठ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here