झापाको हिमाली बाेर्डीङ् स्कुलकाे नयाँ शैक्षिक याेजना, १२ कक्षा उत्तिर्ण हुने विद्यार्थीलाइ रोजगारीकाे ग्यारेन्टी

0
217

दमक / झापाको कमल– ६ स्थित हिमाली बाेर्डीङ् स्कुलले विद्यालयबाट १२ कक्षा उत्तिर्ण हुने विद्यार्थीले आँफै रोजगारी पाउन सक्ने र नभए विद्यालयलेनै श्रृजना गराई दिने घोषणा गरेको छ ।

मंगलबार दमकमा आयोजीत कार्यक्रममा बाेर्डीङ्का संस्थापक निर्देशक जीवन सापकोटाले विद्यालयबाट १२ कक्षा उत्तिर्ण हुने विद्यार्थीले आँफै रोजगारी पाउन सक्ने र नभए विद्यालयलेनै श्रृजना गराई दिने उनले बताए साथै विद्यालयले पत्रकार मञ्च दमकको सिफारिसमा हरेक वर्ष एक जना पत्रकारलाई हिमाली शिक्षा पत्रकारीता पुरस्कार प्रदान गर्ने घोषणा गरेकाे छ । हरेक वर्ष १५ हजार ५ सय ५५ रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने जनाए । यस्तै सोहि कार्यक्रममा दमकको डाईनामिक पव्लिक लाईब्रेरीलाई २० लाख रुपैयाँ शेयर निशुल्क प्रदान गर्ने घोषणा गरियो ।

कार्यक्रममा बाेर्डीङ्का प्रिन्सिपल अच्युत गौतमले कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा कक्षा ११ मा ११ ओटा विषयमा विद्यार्थीले रोजाई अनुसार शिक्षा लिन पाउने बताए । फेसन डिजाईन, कानून, होटल म्यानेजमेन्ट लगायतका स्वउद्यम र रोजगारमूखी शिक्षा पर्ने विद्यालयबाट १२ कक्षा उत्तिर्ण हुने विद्यार्थीले आँफै रोजगारी पाउन सक्ने र नभए विद्यालयलेनै श्रृजना गराई दिने समेत उनको भनाई थियो ।

परम्परागत शिक्षा प्रणालीमा परिवर्तन गरि नौलो र विश्व स्तरीय प्रतिष्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न विद्यालयले आफ्ना नविन कार्यक्रमहरु ल्याएको कार्यक्रममा बताईएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here