औद्योगीक पार्क द्वारा स्वास्थ्य सामाग्री उपहार

0
307

झापा / झापामा निर्माणाधिन चीन नेपाल मैत्री औद्योगीक पार्कको तर्फबाट मंगलबार दमक नगरपालिकालाई उपहार स्वरुप स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।

दमक नगरपालिकामा आयोजीत कार्यक्रममा पार्कका अध्यक्ष गोविन्द थापाले सहयोग सामाग्रीहरु प्रदान गर्नु भएको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी लगायतलाई १६ हजार मास्क तथा १५ ओटा अक्सिजन कन्सन्टे«टर प्रदान गरिएको हो । सो क्रममा अध्यक्ष थापाले सहयोग भन्दा पनि नेपाली नागरिक कोरोना महामारीको विपत्तीमा परेका बेला पार्कको तर्फबाट उपहार प्रदान गरिएको बताए ।

सोक्रममा नगरप्रमुख ओली, उपप्रमुख अधिकारी लगायतले सहयोग प्रति धन्यवाद व्यक्त गरे । दमक अस्पताल मातहत ३० बेड क्षमताको कोभिड उपचार केन्द्र समेत सञ्चालन गरिएकोमा हाल ३७ जना कोरोना संक्रमितको उपचार
भई रहेको अध्यक्ष अधिकारीले जानकारी दिईन् l

दमक नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट यता हाल सम्म ३ हजार १ सय ८० जना संक्रमित भएको र २ हजार २ सय ७१ संक्रमण मुक्त भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै संक्रमणका कारण ४० जनाको मृत्यु भई सकेको छ भने हाल ८ सय ६९ जना सक्रिय संक्रमित
रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here