दमक उद्योग बाणिज्य संघको पहलमा दमक भित्रियो अत्याधुनिक भेण्टिलेटर सहित बिभिन्न स्वास्थ्य सामाग्री

0
486

दमक / कोरोना महामारि नियन्त्रणका लागी उद्योग बाणिज्य संघ दमकको अगुवाईमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेण्टिलेटर सहित बिभिन्न स्वास्थ्य उपकरणहरु ल्याएको छ ।

उद्योग बाणिज्य संघ दमकमा पुर्व अध्यक्ष प्रकाश प्रसाईंको नेतृत्वमा गठन गरिएको अभियानले लायन्स क्लब संगको सहकार्यमा ४१ लाख रुपैयाँ भन्दा धेरै रकमका स्वास्थ्य उपकरणहरु दमक ल्याईपुर्याएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईयो ।

कार्यक्रममा अभियानका सम्योजक प्रसाईंले दमकमा कोरोनाको महामारि नियन्त्रणको लागी निजि क्षेत्रको तर्फबाट पनि सहयोग पुगोस भनेर बिभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग संगै लायन्स क्लब संगको सहकार्यमा ४१ लख ७५ हजार रुपैयाँ मुल्य बराबरका स्वास्थ्य सामाग्रिहरु ल्याईएको जानकारी दिए । दमक नगरपालीकालाई हस्तान्तरण गरिने उक्त सामाग्रिहरुमा C PAP Mask, Non investive Ventilator, Bain Cireuit, Concentrator मेसिन लगायतका उपकरणहरु रहेको उनले जानकारी दिए । कार्यक्रममा लायन्स लिडर अजय अग्रवालले लायन्स क्लब ईन्टरनेश्नल फाईउण्डेसन मार्फत महामारि नियन्त्रणको लागी सहकार्य गरिएको जानकारी दिए ।

उक्त स्वास्थ्य सामाग्रि खरिदको लागी उद्योग बाणिज्य संघ दमकको कोषबाट ७ लाख ७७ हजार रुपैयाँ उपलब्ध गराईएको र ८ लाख २६ हजार रुपैयाँ बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट उठाईएको साथै बाँकि रकम लायन्स क्लबको तर्फबाट आएको बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

अभियानलाई सुवसचन्द्र भट्टराईले ५५ हजार रुपैयाँ, अभियानका सम्योजक प्रकाश प्रसाई, उद्योग बाणिज्य संघ दमक अध्यक्ष गोकुल श्रेष्ठ, शिवकुमार अधिकारी, सत्यनारायण चौधरी, फौदबहादुर गहतराज, अरुण भण्डारी, भगवान बस्नेत, गनबहादुर अधिकारी र दर्पण सहकारी संस्थाले ५१–५१ हजार रुपैयाँ, कुमारी बैंकले ५० हजार रुपैयाँ, उद्योग बाणिज्य संघ दमक द्वितिय उपाध्यक्ष राजकुमार योङया र टिकाराम खतिवडाले ३१–३१ हजार रुपैयाँ, युवराज खनाल, दमक किचन गुड्स, भरत चम्लागाईं, हरि बिमली, नविन कुमार अग्रवाल, अजय अग्रवाल, सुजता ईन्टरप्राईजेज र ओम सतासी सहकारीले २५–२५ हजार रुपैयाँ उपलब्ध गराएको  अध्यक्ष श्रेष्ठले बताए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here