थप २५ सय ६८ जनामा कोरोना संक्रमण

0
294

काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्य काठमाडौँमा ५९४, ललितपुरमा १६६ र भक्तपुरमा जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here