हरित नगर समृद्ध दमक एक घर दुई बिरुवा

0
485

झापा / दमकमा ८ मा रहेको सरस्वती टोल विकास संस्थाले विभिन्न जातका बिरुवा वितरण गरेको छ ।

आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) दिनको अवसरमा आफ्ना टोलका बासिन्दा लाई धुपि, अमला,कपुर, अम्बा लगायतका बिरुवा वितरण गरिएको छ ।

नगरको ‘हरित नगर समृद्ध दमक’ को नारा लाई सार्थकता दिन टोलका ५५ घरमा प्रति घर २ बिरुवा ( एक फलफूल एक अन्य ) वितरण गरिएको टोलका अध्यक्ष चन्द्र खत्रीले जानकारी दिए ।

टोल विकासले यस अघि पनि टोलमा कोरोना संक्रमणको जोखिम कम गर्न टोलका नागरिकहरु लाई मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here