३१ सय ८ संक्रमित थपिए, उपत्यकामा ह्वात्तै बढ्यो संक्रमितको संख्या

0
325

काठमाडौं, साउन ५ । नेपालमा एकैदिन ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १ सय ३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको बताएको हो । परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् ।

काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५ सय ३१, ललितपुरमा १ सय ४७ तथा भक्तपुरमा ४१ जना थपिएका हुन् । त्यस्तै मोरङ्गमा २ सय ५२, झापामा १ सय ७८, सुनसरीमा १ सय ६५ तथा कास्कीमा १ सय २६ जना थपिएका छन् ।

मंगलबार २५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । १५ सय ९५ जनामात्र संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमित बढेर २६ हजार ४ सय १९ पुगेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here