दमक वडा नम्बर ३ द्वारा किसानलाइ प्लाष्टिक टनेल बितरण

0
471

दमक /  दमक नगरपालिका वडा नम्बर ३ मा  प्लाष्टिक टनेल बितरण गरिएको छ ।

तरकारी खेतीमा आत्मनिर्भर गराउन दमक नगरपालिका वडा नम्बर ३ ले व्यवसायिक किसानलाई प्लाष्टिक टनेल वितरण गरेको जनाएको हो ।

किसानलाई टनेल हस्तान्तरण गर्दै दमक नगरपालिकाका मेयर राेमनाथ अाेलीले बिषादी रहित तरकारी व्यवसायिक रुपमा उत्पादन गर्ने कृषकलाई नगरले  सहयोग गर्दै आएको बताए । उनले जुन उद्देश्यले सामग्री सहयोग गरिएको छ सोहि अनुरुप सही ठाउँमा प्रयोग गर्न आग्रह गरे । उनले आयस्तर बढाएर कृषिबाटै आत्मनिर्भर बन्न किसानलाई अनुरोध गरे ।  साेही क्रमममा नगरपालिकाकी उप मेयर गीता अधिकारीले कृषि सामग्री पाएका सबै कृषकले मिहिनेतका साथ काम गरेर तरकारी खेतीबाट सफलता लिन अनुरोध गरेकी छन् ।

अनुदानमा प्राप्त गरेको सामग्री लाई सहि ठाउमा प्रयाेग गरी उत्पादनमा बढाउन अनुराेध गर्दै  वडा अध्यक्ष नबिन बरालले बासकाे टनेल निर्माण सम्पन्न गरेका  १ सय २१ जना किसानलाई प्लाष्टिक टनेल वितरण गरिएको बताए । उक्त कार्यक्रममा दमक नगरपालिकका कार्यकारी अधिकृत गणेश तिम्सिना वडा सदस्य, स्थानियबासी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वडाले यस अघि किसानहरूकाे लागि अा पि एम तालिम दिनुका साथै वडाका विपन्न दलित परिवारको आयआर्जनका लागि बंगुरका पाठा वितरण, सामुहिक बंगुर पालनका लागि युएनएचसीअार काे सहयाेगमा बंगुरकाे खाेर निर्माण, कृर्षि चुन बितरण, माटाे परिक्षण लगायतका काम गर्दै अाएकाे  वडा सचिब सन्दिप सुवेदीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here