राेटरी क्लब अफ दमककाे अध्यक्षमा भरत चम्लगांइ

0
287

दमक / राेटरी क्लब  दमककाे पद हस्तान्तरण सम्पन्न भएकाे छ ।

दमकमा बिगत १० बर्ष देखि सामाजिक गतिबितिमा सकृय रहेकाे क्लबकाे नयाँ समितिलाइ शुक्रबार एक कार्यक्रमका बिच बर्ष २०/२१ की  अध्यक्ष  शान्ता ढकालले बर्ष २१/२२ का अध्यक्ष भरत चम्लगांइ लाइ अध्यक्षकाे पद हस्तान्तरण गरेकी छन् ।

क्लबकाे बिभिन्न पदमा रहेर काम गरी सकेका चम्लगाइ दमकका स्थापित ब्यवसायी हुन् । उनी दमक उध्याेग वाणिज्य संघका कार्यसमिति सदस्य रहनुकाे साथै बिभिन्न संघ सस्थामा अावद्व रहेका छन् ।

क्लबकाे नयाँ समितिकाे सचिबमा झलराज गाैतम (राजु) र काेषाध्यक्षमा भुपेन्द्र काेइराला  चुनिएका छन् ।  कार्यक्रममा बाेल्दै  बर्ष २०/२१ की  अध्यक्ष  शान्ता ढकालले  नाै  बर्ष पछि  अाफुले पाएकाे जिम्मेवारी  सफल्ताका साथ   पुरा गर्नपाएकाेमा अाफुलाइ  निकै खुशि लागेकाे उनले बताइन् । उनले अाफ्नाे कार्यकालमा सहयाेग गर्ने क्लबका सदस्यहरू लाइ सम्मान समेत गरीन् ।

कार्यक्रममा अाफ्ना याेजना सुनाउदै बर्ष २१/२२ का अध्यक्ष भरत चम्लगांइले राेटरी क्लब दमकले स्थापनाकाल देखि हाल सम्मगरेका कामकाे निरिक्षण र तिनकाे मर्मत सम्भार गर्ने, छात्रबृति, खानेपानी, अामा सक्नुहुन्छ लगायतका शिर्षकमा कार्यगर्ने  याेजना रहेकाे बताए । उनले क्लबले तयार गरकाे अापत्कालिन काेषमा  एक लाख जम्ममा गर्ने समेत बताए, त्यस्तै क्लबका प्रथप उपाध्यक्ष  पशुपती बरालले उक्त काेषमा एक लाख पच्चिस हजार सहयाेग गर्ने घाेषणा गरे ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष, उधाेग वाणिज्य संघका अध्यक्ष, दमक जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष, राेटरी क्लबका सदस्य,राेट्याक क्लबका सदस्य लगायतकाे उपस्थीती रहेकाे थियाे ।

पद हस्तान्तरण भिडियाे 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here