किंग एफएम दोश्रो वर्षमा प्रवेश

0
164

दमक /  झापाको दमकबाट प्रशारीत रेडीयो किंग एफएम १०४.१ मेगाहर्ज शुक्रबार देखि दोश्रो वर्षमा प्रवेश गरेको छ । किंग मिडिया ग्रुप केएमजीद्वारा सञ्चालित किंग एफएम २०७७ सालको असार १८ गते देखि नियमित प्रशारणमा आएको हो ।

आन्तरीक रुपमा कार्यक्रम गरि एफएमले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ । एफएमका सञ्चालक समेत रहेका संविधानसभा सदस्य दिपक कार्कीले दिप प्रज्वलन एवम् एफएमको शव्दचित्र बजाएर कार्यक्रमको उद्घाटन गरे। सो क्रममा उनले कोरोना महामारीका विच विसम परिस्थितीमा शुरु भएको किंग एफएमले छोटो समयमा आफ्नो पहिचान बनाएको बताए ।

व्यवसायीक रुपमा स्वतन्त्रता र वैचारीक रुपमा तटस्थतालाई आत्मसाथ गरेको रेडीयो किंग एफमलाई आगामी दिनमा अझ परिस्कृत एवम् परिमार्जन गर्दै लगिने एफएमका अध्यक्ष डाक्टर नविन चापागाँईले बताए । देशको सार्वभौमिकता, अखण्डता एवम् विधिको शासन प्रति एफएम सधैं प्रतिवद्ध रहेको समेत उनले बताए ।

कार्यक्रममा एफएमका सञ्चालकहरु काँशिनाथ थपिलिया, हरिप्रसाद चापागाँई, शकुन्तला चापागाँई, थानेश्वर भट्टराई, सन्दिप साहेवाला, युवराज दाहाल, विमल शर्मा लगायतले विश्वव्यापी रुपमा विकसित भई रहेका सञ्चारका विभिन्न माध्यम र शैलीसँग समेत अभ्यस्तहुँदै आगामी दिनमा किंग मिडीया ग्रुप प्रालिलाई देशको एक सशक्त व्यवसायीक सञ्चार प्रतिष्ठान बनाउने बताए ।

एकहजार वाट र १०४.१ मेगाहर्जको रेडीयो किंग एफएमको वार्षिकोत्सवको अवसरमा पूर्व कर्मचारी, कर्मचारी, विज्ञापनदाता, एजेन्सी, विभिन्न स्थानीय तह तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

एफएमका स्टेशन म्यानेजर गोपाल झापालीका अनुसार किंग एफएमले आफ्नो प्रशारण शुरु भएदेखिनै दैनिक समाचार, समाचारमूलक एवम मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आएको छ । एफएम विहान ५ बजे देखि राती ११ बजे सम्म सञ्चालन हुँदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here