झापामा कोरोना संक्रमितको संख्या फेरी बढ्यो, दमकमा मात्रै ७० जना थपिए

0
360

झापा । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता झापामा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

झापामा पछिल्लो २४ घण्टामा मात्रै ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ४० महिला र १ सय ८९ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु दमक मा ७० जना, बिर्तामोडमा ३३ जना, गौरादहमा ५ जना, मेचीनगरमा २४ जना, भद्रपुरमा ८० जना, कनकाईमा २१ जना, हल्दिबारीमा २ जना, अर्जुनधारामा २६ जना, बुद्धशान्तिमा २० जना, गैरीगन्जमा १ जना, कचनकबलमा ४ जना, कमलमा ४ जना, शिवसतासीमा २२ जना, बाह्रदशीमा २ जना, झापामा २ जना र ठेगना नखुलेको १३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै झापामा आजसम्म कुल संक्रमितको संख्या ७९४५ पुगेको छ । हालसम्म आइसोलेसनमा रहेने संक्रिय संक्रमितको संख्या २९०६ रहेको छ । त्यस्तै आजसम्म डिस्चार्ज हुनेको संख्या ४८७३ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आज अर्जुनधारा–६ का ५१ बर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here