दमकको एड्भान्स अस्पतालबाट एकै दिन तिन जनाले जिते काेराेना

0
248

दमक, २ जेठ /  दमकस्थित एड्भान्स अस्पतालबाट कोरोना जितेर अाज  तिन जान डिस्चार्ज भएका छन् ।

गत बैसाख २१ गते देखी कोभिडका बिरामीको उपचार सुरु गरेको एड्भान्स अस्पतालबाट कोरोना जितेर अाज मात्र तिन जना डिस्चार्ज भएका छन् । डिस्चार्ज  भएका तिनै जनालाइ अस्पतालका मेडिकल अफिसर डाक्टर सरोज र कोभिड युनिट ईन्चार्ज डाक्टर राेजन बस्नेतले अागामी दिनमा कोभिड वाट वच्न स्वास्थ्य सुरक्षाका बिधिकाे पालना गर्न हाैसला स्वरूप  सेनिटाइजर र मास्क प्रदान गरेका छन् । यस सगै अस्पतालबाट काेराेना जितेर डिस्चार्ज  हुनेकाे संख्य १५ जना पुगेकाे छ ।

हाल अस्पतालकाे भेन्टिलेटरमा २  जना हाइ केयरमा ७ जना र नर्मल बेडमा १३ जना गरी २२ जना काेराेना संक्रमितकाे उपचार भइरहेकाे एड्भान्स अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।

अस्पतालले दमकमा  संक्रमितको संख्या दैनिक बढ्न थालेपछि गत बैसाख २१ गते देखी कोभिडका बिरामीको उपचार सुरु गरेको  थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here