दमकका संघ सस्थाकाे पहलमा २५  वेडकाे काेभिड उपचार केन्द्र संचालन हुने

0
479

दमक, ३ जेठ /  दमकमा थप २५  वेडकाे काेभिड उपचार केन्द्र सचालन गरिने भएकाे छ ।

दमक २ ( वेलडागी १)  स्थित  काेभिड अस्पताल नजिकै रहेकाे भवनमा दमक उधाेग वाणिज्य संघ र लायन्य क्लब अफ दमककाे पहलमा दुइ दिन भित्रमा २५  वेडकाे काेभिड उपाचार केन्द्र सचालन गर्न  निर्माण कार्य शुरू गरीएकाे लायन्स क्लब अफ दमक लखनपुरका  इलेक्टेड जाेन चियर पर्सन हेमसागर अधिकारीले जानकारी दिए । दमकमा यस अघि  दमक काेभिड अस्पतालकाे ३० वेड, एड्भान्स अस्पतालकाे २५  वेड, लाइफ लाइन अस्पतालकाे ३० वेड, अाम्दा अस्पतालकाे ३४ वेड र निन्म्स अस्पतालकाे १४  गरी काेभिड उपाचारका लागि  १ सय ३३ वेड  संचालनमा रहेका थिए ।

धमाधम निर्माण हुदै गरेकाे काेभिड उपाचार केन्द्र लाइ दमक स्थित सुन चादी व्यवसायि संघ, हाेलसेल व्यवसायी संघ लगायत सस्थाले सहयाेग गरेका छन् ।

बेलडागी १ स्थित भुटानी शरणार्थी रहेकाे बेला शरणार्थी सम्बन्धि काम गर्ने सस्थाले ग्यारेजकाे रूपमा प्रयाेग गरेकाे   उक्त भवनलाइ दमक नगरपालिकाले गत वर्ष क्वारेन्टाइन बनाउन एघार लाख बढी खर्चेर पुन निर्माण गरे पनि संचालनमा ल्याउन सकेकाे थिएन । दमकका संघ संस्थाको सहयोगमा दमक नगरपालिकाले नै यसलाई सञ्चालन गर्नेेे जनाइएको छ ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here