झापा / पूर्वी नाका काँकरभिट्टा जेठ १६ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ।
भारतको पश्चिम बंगाल सरकारले राज्यमा लकडाउन गर्ने भएपछि पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कोरोना संक्रमण फैलिँदै गएको भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले राज्यमा लकडाउन गर्ने जनाएसंगै उक्त नाका बन्द हुने भएको हो। पूर्ण रुपमा नाका बन्द भएका बेला मानिसहरूको आवतजावत बन्द गरिने भारतीय पक्षले नेपाली पक्षलाई जनाउ दिइसकेको छ।
बन्द रहने अवधिमा औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात आउन पाउने छैनन्।