लायन्स क्लव अफ दमक युनाइटेडकाे अध्यक्षमा साजन श्रेष्ठ

0
496

दमक, ३१ बैशाख / लायन्स क्लव अफ दमक युनाइटेडकाे वर्ष २०२१–२०२२ को  लागि नयाँ नेतृत्व चयन भएको छ ।

क्लबकाे भर्खरै सम्पन्न साधारणसभाले दमक ५ स्थित सर्बाेदय अग्रेजी बाेडिङ्ग स्कुलका सहायक प्रधानअध्यापक  तथा संचालक समिति सदस्य, हाम्राे बाल अाश्रमका सचिब, युवा ब्यवसायी, समाजसेवी साजन श्रेष्ठ काे नेतृत्वमा नयाँ कार्यसमिति  चयन गरेकाे छ ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिकेक श्रेष्ठ, दितीय उपाध्यक्षमा निर्पा गजमेर (गाेपाल) , तृतीय उपाध्यक्षमा राज सिटाैला, सचिवमा लायन्सका जिल्ला सल्लाहकार सन्दिप बस्नेत, सहसचिवमा लेलिन श्रेष्ठ, कोषाध्यक्षमा नभराज घिमिरे, सहकोषाध्यक्षमा श्याम चम्लागाइ र  मेम्बरसिप चियरपर्सनमा निवर्तमान अध्यक्ष प्रकास गजमेर  चुनिएका छन् ।

क्लबकाे नव गठित कार्यसमितिमा चुनिएका सबिन बुढाथाेकी,नारायण कार्की, राेजन बस्नेत,जीवन लामिछाने,समिर खड्का, जीवन चुडाल, प्रदिप गाैतमलाइ क्लबले बिभिन्न जिम्मेवारी दिएकाे छ । काेराेना महामारीकाे कारण एकै स्थानमा भेला हुन नसकिएकाले प्रबिधिकाे प्रयाेग गरी क्लबकाे साधारण सभा सम्पन्न गरीएकाे क्लबका वर्ष २०२०–२०२१ का अध्यक्ष प्रकाश गजमेरले जानकारी दिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here