कोभिड उपचार केन्द्रलाई रोटरी क्लव अफ दमकको सहयोग

0
206

दमक,३१ बैशाख/ रोटरी क्लव अफ दमकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

क्लवले शुक्रबार दमक दुई स्थित कोभिड उपचार केन्द्रमा दमक अस्पतालकी अध्यक्ष तथा नगरपालिकाकी उप मेयर गीता अधिकारि लाई रोटरी क्लव दमकका पूर्व अध्यक्ष गंगा ढकाल सचिब शान्तिराम निरौलाले क्लबको तर्फ बाट कोभिड उपचारमा आवश्यक पर्ने करिब एक लाख पचास हजार बराबर को स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

नगरपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि खेलेको भूमिका सम्मान गर्दै नगरवासीको स्वास्थ्य उपचारमा थप सहजताका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको क्लबका पूर्व अध्यक्षले गंगा ढकालले जानकारी दिए ।

उक्त कार्यक्रममा दमक नगरपालिका स्वास्थ शाखाका प्रमुख रामवृक्ष चौधरी दमक अस्पतालका डाक्टर दिपेश बोहोरा सवाल सापकोटा दमक अस्पतालकी प्रवक्ता देवी दंगाल, नगरपालिका स्वास्थ शाखाका बद्री बराल,नगेन्द्र भट्टराई,कुबेर भट्टराई लगायतको उपस्थिति रहेको रोटरी क्लव दमकका पूर्व अध्यक्ष सन्दीप चापागाईं ( दिपु ) ले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here