झापा निषेधाज्ञा कडा, अनावश्यक हिड्डुल गर्नेमाथि कारबाही हुने

0
203

झापा / आंशिक निषेधाज्ञा लगाइएकाे झापामा २३  देखि पूर्ण निषेधाज्ञा लगाइँदै सुरक्षा व्यवस्था कडा पारिएको छ।

कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि काेभिड-१९ संकट व्यवस्थापन केन्द्र डिससीएमसीले निषेधाज्ञा कडा बनाउने निर्णय गरेकाे थियो ।

यसअघि सोमबारदेखि जारी आंशिक निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जाेरविजाेर प्रणाली लागू गरिएकाे थियाे भने पसलहरु विहान ११ बजेसम्म खोल्न दिइएको थियाे ।

आजदेखि खाद्यान्न, तरकारी तथा फलफूलका पसल मात्र बिहान १० बजेसम्म खोल्न दिइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन हुन दिइने छैन भने, अनावश्यक हिड्डुल गर्ने र ताेकिएका अन्य निषेध आदेश पालना नगर्नेमाथि कारबाही गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here