दमकको एड्भान्स अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु

0
264

दमक,२३ बैशाख /दमकको एड्भान्स मल्टि ईस्पेसियालिटि अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको छ । सरकारले सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न र अस्पतालको स्विकृत क्षमताको आधारमा बेड संख्या छुट्याउन निर्देशन दिए संगै एड्भान्सले संक्रमितको उपचार सुरु गरेको जनाएको हो ।

सरकारले तोकेको मापदण्डमा रहेर कोरोना संक्रमित बिरामीको उपचार सुरु गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । केहि संक्रमित स्वास्थ्य लाभ गरिवरी अस्पतालबाट डिस्चार्ज भएको र अलिहे पनि दुई जना संक्रमितका उपचार भैरहेको उनले बताए ।

सरकारले तोकेकै दरमा उपचार गरिने र मापदण्डलाई पुर्ण पालना गरिने सञ्चालक बरालले बताए । संक्रमितको उपचार हुने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार भैरहेको एड्भान्स अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविनरत्न रञ्जितकारले बताए ।

कोरोना भए नभएको पत्ता लगाउन गरिने एन्टिजेन टेस्ट पनि भैरहेको र संक्रमण देखिएका बिरामीले अस्पतालमै बसेर उपचार गर्न चाहेमा बेड भर्ना गरेर उपचार गर्न सुरु गरिएको उनले बताए । बिषेसज्ञ डाक्टर निमा शेर्पा नेतृत्वको चिकित्सक सहितको टिमले संक्रमितको उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकारले बताए ।

अस्पतालका नियमित सेवामा बाधा नपर्ने गरी र अन्य रोगको उपचार गर्न आएका बिरामीलाई जोखिम नहुने गरी छुट्टै भवनमा संक्रमितको उपचारको लागी वार्ड स्थापना गरिएको अस्पतालका मेट्रोन अनिता उप्रेतीले जानकारी दिइन् । कोरोना संक्रमितको उपचारका साथै नियमित स्वास्थ्य उपचार पनि भैरहेको उनले बताइन् । जोखिम हुन नदिन पर्याप्त साबधानी अपनाईएको र संक्रमित राखिएको वार्डलाई अत्यन्तै सुरक्षित बनाईएको मेट्रन उप्रेतीले बताइन |

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here