लायन्स क्लव अफ दमक लखनपुरकाे अध्यक्षमा राजु खड्का

0
191

दमक, २२ बैशाख / लायन्स क्लव अफ दमक लखनपुरकाे वर्ष २०२१–२०२२को नयाँ नेतृत्व चयन भएको छ । क्लबकाे भर्खरै सम्पन्न  साधारणसभाले  दमकका ब्यवसायीका नेता दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष, युवा ब्यवसायी  राजु खड्काकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेकाे छ ।

सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा बिमल नेपाल, दितीय उपाध्यक्षमा दयासागर अाचार्य, तृतीय उपाध्यक्षमा घनश्याम खनाल , सचिवमा दिपक खड्का, सहसचिवमा मुकुन्द कडेल, कोषाध्यक्षमा युवराज पाठक र सहकोषाध्यक्षमा  धर्मराज अधिकारी (राजु)   लाइ चुनिएको वर्ष २०२०-२१ का अध्यक्ष  हेमसागर अधिकारीले बताए । उनले भने  नव निर्वाचित समिति लाइ छिट्टै जिम्मेवारी हस्तान्तरण गर्ने छाै ।

दमकनगरपालिका र कमल गाउपालिका क्षेत्रमा  समेटिएकाे क्लबले  विभिन्न सामाजिक गतिविधि गरेर अाफुलाइ उत्कृष्ट क्लबकाे रूपमा उभ्याउन सफल भएकाे छ । साथै क्लबका तर्फ बाट ज्ञानु पाैडेल इम्याक्ट एरिया लिडर र हेमसागर अधिकारी जाेन चेयर पर्सनकाे  जिम्मेवारी पाइ सकेका छन् ।

क्लबकाे नव गठित कार्यसमितिमा राजु न्याैपाने,कर्ण सिहं तामाङ्ग, प्रेमकुमार नेपाल, नरेन्द्र केसी, तिर्थ पाैडेल, एकराज दाहाल, बिशाल नेपाल, लक्ष्मण मादेन,जमान सिहं खड्का, छत्रपति पाठकलाइ क्लबले  बिभिन्न जिम्मेवारी दिएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here