झापामा आज मध्यराति देखि बैशाख ३१ गते सम्म पूर्ण निषेधाज्ञा के गर्न पाइने? के नपाइने? (सूचनासहित)

0
809

झापा, २२ बुधबार / आंशिक निषेधाज्ञा लगाइएकाे झापामा बुधवार (आज) मध्यरातिदेखि पूर्ण निषेधाज्ञा लगाइने भएकाे छ ।

कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि काेभिड-१९ संकट व्यवस्थापन केन्द्र डिससीएमसीले निर्णय गरेकाे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बुधवार (आज) मध्यरातिदेखि बैशाख ३१ गते पूर्ण निषेधाज्ञा लगाउने निर्णय भएकोे हाे ।

यसअघि सोमबारदेखि जारी आंशिक निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जाेरविजाेर प्रणाली लागू गरिएकाे थियाे भने पसलहरु विहान ११ बजेसम्म खोल्न दिइएको थियाे । अब भने खाद्यान्न, तरकारी तथा फलफूलका पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

आंशिक निषेधाज्ञामा पनि मानिसहरुकाे हिड्डुल नराेकिएकाे र संक्रमितकाे संख्या पनि ह्वात्तै बढ्नथालेपछि पूर्ण निषेधाज्ञामा जाने निर्णय गरिएकाे जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here