सुदूरपश्चिममा कोरोनाका कारण ८ दिनमा ४३ जनाको ज्यान गयो

0
147

धनगढी: सुदूरपश्चिममा कोरोना भाइरसका कारण ८ दिनमा ४३ जनाको ज्यान गएको छ।

गत शनिबारदेखि यो शनिबारसम्म ४३ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन्। निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८/१८ जनाको ज्यान गएको छ। डडेल्धुरा र अछामका २/२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १/१ जना संक्रमितले ज्यान गुमाएका छन्।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here