दमकको कोभिड उपचार केन्द्र सञ्चालनमा, पहिलो दिन चार जना संक्रमित भर्ना

0
481

दमक, १९ बैशाख/ झापाको दमक २ स्थित बेलडाँगीमा आज ( आइतबार) देखि पुनः सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा चार जना संक्रमित उपचारार्थ भर्ना भएका छन ।

दमक अस्पताल मातहतको सो उपचार केन्द्र यस अघि पहिलो चरणको कोरोना संक्रमण कालमा स्थापना गरिएपनि संक्रमण घटेका कारण विरामी आएका थिएनन ।

चुस्त व्यवस्थापनसहित सो उपचार केन्द्र पुन सञ्चालनमा आएपछि आज पहिलो दिननै दिउँसो २ बजे सम्ममा चार जना संक्रमित उपचारका लागि भर्ना भएका दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन । उनले यस अघि दमकबाट विराटनगर, धरान लगायतका ठाउँमा उपचारका लागि गएका आर्थिक अवस्था कमजोर भएका विरामीहरु सो उपचार केन्द्रमा निशुल्क उपचारको सेवा लिन आउन थालेका पनि जनाएकी छिन् ।

चार दिन अघि दमक नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा सो उपचार केन्द्रलाई व्यवस्थित गर्दै पुन सञ्चालनमा ल्याउने निर्णय भएको थियो । दमक नगरपालिकाकी उपप्रमुख तथा कोभिड उपचार केन्द्र व्यवस्थापन समिति संयोजक गीता अधिकारीका अनुसार ४ वटा एचडीयुसहित कूल ३० बेड क्षमताको कोरोना विशेष उपचार केन्द्र पुन सञ्चालनमा ल्याइएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here