आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाई

0
147

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ ।

सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताए ।

आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप निर्णय गर्ने उनले बताए । यस्तै समाचार संकलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् ।

मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here