काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् ।
बैठकका एजेण्डा भने नखुलाइएको बताइएको छ । मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।
मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन् ।कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।