नेपालमा थप ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित

0
211

काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।

जसमध्य काठमाडौंमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२८७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here