दमकमा एकै दिन १५ जना कोरोना संक्रमण, वाणिज्य संघको आपतकालीन बैठक

0
175

दमक/ दमक नगरपालिकामा आज ( सोमबार) एकैदिन १५ जना कोरोना संक्रमित भेटिएका छन । यो झापामै सबैभन्दा धेरै संख्यामा संक्रमित भएको पालिका हो । आइतबार मात्रै दमकका ४ जनामा संक्रमण देखिएकोमा सोमबार १५ जना संक्रमित थपिएका हुन ।

आइतबार जिल्लाभर १८ जना संक्रमित थिए । तर सोमबार संक्रमितको संख्या दोब्बर भन्दा बढी अर्थात ३८ भएको हो ।

कोरोनाको पहिलो लहरमा हटस्पट बनेको दमकमा दोस्रो लहरमा पनि सबैभन्दा बढी संक्रमित भेटिएपछि यहाँका सर्वसाधारण चिन्तित छन ।

दमकपछि भारतीय सीमा जोडिएको गौरीगञ्जमा धेरै संक्रमित भेटिएका छन । सो गाउँपालिकाको १ नम्बर वडा ( साविक माहाभारा)मा तीन ÷ तीन जना महिला/पुरुषमा संक्रमण पुष्टि भइसकेको छ । झापा जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ८१९ पुगेको छ । त्यसमध्ये ४ हजार ५१९ डिस्चार्ज भएका छन् । अहिले १६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट जिल्लामा हाल सम्म १३१ जनाको मृत्यु भइसकेको छ ।

के गर्दैछ स्थानीय सरकार ?

कोरोना संक्रमितहरुको उपचारका लागि दमकमा यस अघि स्थापना गरिएको कोभिड अस्पताल संक्रमितहरु आउन छोडेपछि बन्द थियो । तर समुदायमा संक्रमणको दर बढेकाले सो अस्पताल सञ्चालनका लागि पुनः तयारी अवस्थामा राखिएको दमक नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिव कुबेर भट्टराईले बताए ।

उनले भने– संक्रमितहरु नआएको अवस्थामा यस अघि बन्द जस्तो देखिएको मात्रै हो अहिले संक्रमण फैलिएपछि हामी बिरामी भर्ना लिएर उपचारको व्यवस्था गर्न सक्ने तयारीमा छौं ।

पछिल्लो समय कोरोनाको दोश्रो लहरबाट जनजिवन प्रभावित हुन थालेपछि सरकारले गठन गरेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बोलाइएको छ । समन्वय समितिका सचिव भट्टराईले नगर प्रमुखको अध्यक्षतामा रहेको समितिको सर्वपक्षीय बैठक भोली ( मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएको जानकारी दिए ।

 

यता दमक उद्योग वाणिज्य संघले आज नै आपातकालीन बैठक बसी कोरोना बाट बाँच्नका लागि सरकारले तोकेको मापदण्ड पालन गर्न सम्पूर्ण उद्यमी व्यवसायी र आम नगरबासीमा अनुरोध गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here