विराटनगरमा बढ्यो कोरोना संक्रमण, विद्यालयले लिदै आएको परीक्षा स्थगित

0
443

विराटनगर । विराटनगरमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढिरहेको बेला महानगर भित्रका विद्यालयले लिदै आएको परीक्षा स्थगित भएको छ ।

नगर शिक्षा महाशाखाले आईतबार सुचना जारी गर्दै बैसाखभर परीक्षा संचालन नगर्न आग्रह गरेको छ ।
महामारीको जोखिम बढेकाले भौतिक रूपमा लिइने कक्षा परीक्षा बैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन(प्याब्सन) विराटनगर अध्यक्ष इन्द्र राईका अनुसार आइतबारबाट विराटनगरका विद्यालयहरुमा परीक्षा सुरु भएको थियो । तर सङ्क्रमणको जोखिम बढेपछि भोली सोमबारबाट परीक्षा बैशाखभर स्थगित गर्ने निर्णय भएको राईले बताए ।
आईतबार विराटनगर महानगरपालीकामा नगर शिक्षा महाशाखाको अगुवाईमा बसेको बैठकमा प्याब्सन एन प्याब्सन विराटनगर , हिसान , अभिभावक संघ ,शिक्षक महासघ लगायतको बैठकबाट ‘बैशाख मसान्तसम्म भौतिक रूपमा लिइने कक्षा र परीक्षा स्थगित गर्ने निर्णय भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here