निशुल्क मास्क बितरण गर्दै दमक उधोग वाणिज्य संघ, सजग रहन सबैलाइ आग्रह

0
262

दमक,१४ बैशाख / दमक उधोग वाणिज्य संघले निशुल्क मास्क बितरण गरेको छ ।

पछिल्लो समय देशैभर कोरोना भाइरसको संक्रमण ( जसलाई कोरोनाको दोश्रो लहर भनिएको छ )  तिब्र रुपमा बढि रहको छ । यसको संक्रमणबाट  छिमेकी मुलुक भारतमा दैनिक २ हजारको हाराहारीमा  मृत्यु भइरहँदा त्यसको प्रभाव नेपालमा  पनि देखिन सुरू गरेको छ ।

संघले आज दमक ६ स्थित सब्जि बजार आसपासमा संघका पधादिकारी संचारकर्मी लगायतको उपस्थितिमा निशुल्क मास्क बितरण गरेको सघंका प्रथम उपाध्यक्ष राजु खड्काले  जानकारी दिए ।

दमकमा हिजो सोमबार मात्र १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस पछि दमकमा संक्रमणको उच्च जोखिम हुन सक्ने भन्दै   संघले आफ्ना सदस्य साथै आम नगरबासीमा बिभिन्न स्थानमा ब्यानर साथै बिभिन्न माध्यम बाट सूचना गरी  सुरक्षा सावधानी अपनाउन आग्रह समेत गरेका छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here