बाँकेमा कोरोना भाइरस संक्रमण नियन्त्रण भन्दा बाहिर, एक साताका लागि निषेधाज्ञा जारी

0
244

काठमाडौँ– कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला  प्रशासनले सोमबार रातिदेखि  अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा कामका वाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजीम कारबाही हुने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here