दमकमा चार जना संक्रमित, झापा एकको मृत्यु

0
270

दमक/ झापाको दमकमा आज ( आइतबार) चार जनासहित झापामा कूल १८ जना कोरोना संक्रमित फेला परेका छन् भने कमल ५ की एक महिलाको संक्रमणका कारण ज्यान गएको छ ।

कमल ५ की ६० बर्षिया एक महिलाको बिएण्डसी अस्पताल विर्तामोडमा कोरोना संक्रमणकै कारण ज्यान गएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकको १, ५ र ७ नम्बर वडामा एक महिलासहित चार जनाको पीसिआर परिक्षण रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो ।

त्यसैगरी विर्तामोडमा ५, अर्जुनधारामा ३ , भद्रपुरमा १, झापा गाउँपालिकामा ४ र गौरीगञ्जमा १ जनामा संक्रमण देखिएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here