नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाकाे मृत्यु

0
185

काठमाण्डौ / कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ सहित दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन्।

अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन्। अहिले काठमाण्डौ, पर्सा, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here