तुलसी बहुमुखी सहकारी दमक शाखाको सेवा अब आफ्नै भवनमा

0
1422

दमक, १२ बैशाख /   तुलसी बहुमुखी सहकारी संस्थाको दमक शाखा आफ्नै भवनमा सरेको छ ।

मुख्य कार्यालय बिराटनगरमा रहेको सहकारीले यस अघि  दमकमा दमक ६ स्थित थानारोड बाट  सेवा दिदै आएको थियो । सहकारीले दमक ९  पुरानाे नाइट काउन्टर ( बरगाछी ) मा सुबिधा सम्मप्न भवन बनाए पछि सोमबार बाट नवनिर्मित भवनबाट सेवा दिने तुलसी बहुमुखी सहकारी संस्था दमक शाखाकी प्रमुख ऋतु थापाले बताइन् ।

उनले भनिन् नव निर्मित भवनमा सहकारीले गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर समेत संचालनमा ल्याउन लागेका छौ । जसबाट स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै सहकारी संस्थाका सदस्यलगायत उक्त क्षेत्रका आम उपभोक्तालाई एउटै छातामुनिबाट उपभोग्य सामग्री सुपथ मूल्यमा पाइने भएकोले  समय र पैसाको बचत हुने र सहकारीका सदस्यलाइ बिषेश छुट योजना समेत रहने छ ।

देश भरमा तिब्र गतिमा शाखा बिस्तार गरीरहेकाे गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरकाे हाल  नाै वटा स्टोर संचालनमा रहेका छन् भने अरू धेरै निर्माणकाे चरणमा रहेका छन् ।

डिपार्टमेन्ट स्टोरमा बिभिन्न खाद्यन्न समाग्री, लत्ता कपडा, जुत्ता चप्पल देखी शिखर अर्गनाइज अन्तर्गत रहेका उद्योगहरुले  उत्पादन गरेका कृषि मोटर पम्प, किराना लगाएत सबै प्रकारको सामान उपलब्ध गराउने बताइएको छ ।  सहकारीले उत्पादनका बिभिन्न क्षेत्रमा लगानि गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here