एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्दै जांदा मृत्यु दर पनि उकालो लागेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २७ सय ६० जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन अभाव हुँदा संक्रमितको धमाधम मृत्यु हुन थालेको छ ।
दिल्लीमा हिजो एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ । जसका ५० भन्दा बढीको अक्सिजन अभावका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
जयपुरमा अक्सिजन अभावका कारण २० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । महाराष्ट्र, मध्य प्रदेश, पंजाव, हरियाणामा पनि अक्सिजन अभाव हुँदा संक्रमितहरुको उपचार थप जटिल बनेको चिकित्सकहरुले जनाएका छन् ।
कतिपय राज्यहरुमा संक्रमितको चाप बढेपछि खुला अस्पतालको अवधारणा अन्तर्गत संक्रमितहरुका लागि अस्पतालकै कम्पाउण्डमा खुला अस्पताल सञ्चालनमा ल्याइएको छ ।
भारतमा पछिल्लो केही दिनयता ३ लाख बढी कोरोना संक्रमित थपिन थालेका छन् । हाल त्यहाँ संक्रमितको सख्या १ करोड ६९ लाख ५१ हजार ६ सय बढी रहंदा १ लाख ९२ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ ।
भरतामा कोरोना संक्रमितको संख्या दिन प्रति दिन तिब्र रूपमा फैलिएकाे बेला खुल्ला सिमानाकाे कारण र धेरैकाे सख्यामा नेपाली र भारतिय हरूकाे अावत जावत हुने गरेकाे छ । यसकारण पनि नेपालमा सजग रहन अावस्यक देखिएकाे छ ।