झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

0
206

दमक,११ बैशाख / झापाको कमल गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

आज अपरान्ह पूर्वपश्चिम राजमार्ग अन्तर्गत सितापुरीमा प्र–१–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ७ बर्षिय बालक निश्चल खडकाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्काको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउने बित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here