डि.पि.एल. को दमकमा एक हप्ते ट्राफिक सचेतना सुरु

0
387

दमक,११ बैशाख / युवाहरुलाई आफ्नो दायित्व र कर्तव्यमा हर बखत सचेत गराइ उनिहरुलाई निखारेर एक सभ्य नागरिक बन्न सहयोग पुर्याईरहेको संस्था डाईनामक पब्लिक लाइब्रेरी को अग्रसरतामा शनिबार बाट साता ब्यापी ट्राफिक सचेतना कार्यक्रम सुरु भएको छ।

दमकको गणतन्त्र चौकमा अवस्थित आकाशे पुललाई लक्षित गरेर “आकाशे पुलको प्रयोग गरौं सचेत नागरिकको परिचय दिऔ” भन्ने नाराका साथ एक हप्ते कार्यक्रमको उद्घाटन गरिएको छ ।

कोभिडका बिच थोरै ब्यक्तिहरुका सहभागिताको बिच गरिएको औपचारिक कार्यक्रममा डि.पि.एल बोर्ड अध्यक्ष भेषराज न्याैपाने, कोषाध्यक्ष देवेन्द्र प्रसाईं, युथ बोर्ड राष्ट्रिय अध्यक्ष बिनोद उप्रेती, डिपिएल चितवन अध्यक्ष रुदिना भट्टराई, दमक ट्राफिक प्रहरी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रम संयोजक सन्दिप बरालले जानकारी दिए ।

साता ब्यापी कार्यक्रममा हरेक दिन दिउँसो ४:०० बजे देखि साझ ६:०० बजेसम्म डि.पि. एल दमकका सदस्यहरु र अन्य संघसंस्थाका प्रतिनधि मिलि आकाशे पुल वरपर बसेर त्यस वरपर बाटो काट्ने मानिसलाई आकाशे पुलको प्रयोग, ट्राफिक नियन्त्रण साथै दुर्घटना न्यूनिकरण र यसको भुमिका बारे सचेत गराउने कार्यक्रम रहेको डि.पि. एल दमकका अध्यक्ष आशिष न्यौपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here