नेपालमा एकै दिन १७३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

0
177

काठमाडौं, बैशाख ७ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिएको छ ।

मंगलबार चार महिनायताकै सबैभन्दा बढी १७ सय ३६ जनामा संक्रमण देखिएको छ ।८ हजार ५५ पीसीआर परीक्षणबाट १६ सय ६७ तथा ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ६ सय ९० जना हुन् ।

जसमा काठमाडौंका ५ सय ५०, ललितपुरका १ सय ५ र भक्तपुरका ३५ जना हुन् ।त्यस्तै बाँकेमा २ सय ६९ जना, रुपन्देहीमा १ सय ५, पर्सामा ६३, दाङमा ६२ तथा मोरङ्गमा ५७ जनामा कोरोना देखिएको छ ।

थपिएकामा ९ वर्ष मुनिका ४३, १० देखि १९ वर्षका एक सय ५०, २० देखि २९ वर्षका ३ सय ७०, ३० देखि ३९ वर्षका ४ सय १७ तथा ४० देखि ४९ वर्षका ३ सय १२ जना हुन् ।

मंगलबार थप ११ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुने ३१ सय २ पुगेका छन् ।

२ सय ५१ जनामात्र संक्रमणमुक्त भएका छन् ।

हाल ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । हाल १ सय ६० जना आईसीयूमा र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here