दमकमा सहकारी वस्ति निर्माण शुरु, २० वर्ष सम्ममा भुक्तानी दिन सकिने

0
528

दमक÷ दमकको मेची सहकारी संस्थाले एकिकृत सहकारी वस्ति निर्माण शुरु गरेको छ ।

दमक ४ मा १ विगाहा १६ कट्ठा जमिनमा ५२ ओटा घरको सहकारी वस्ति निर्माण शुरु भएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । मंगलबार संस्थामा आयोजीत पत्रकार भेटघाटमा जानकारी गराए अनुसार संस्थाले आँफै जमिन खरिद गरि घर नभएका सदस्यलाई लक्षित गरि एकिकृत वस्ति निर्माण शुरु गरेको हो । प्रत्येक घरको लागत ३३ लाख रुपैयाँ रहने संस्थाका उपाध्यक्ष पदम थापाले जानकारी दिएका छन् । तर जमिनको क्षेत्रफलका आधारमा कुल लागत भने प्रति घर फरक फरक पर्न सक्ने उनको भनाई छ ।

सहकारी वस्तिका घरको मुल्य करिव ३३ लाख पर्ने र ८ देखि १२ धुर सम्मका घडेरी सहितको मुल्य ४३ देखि ५१ लाख रुपैयाँ पर्ने संस्थाका प्रवन्धक खोमप्रसाद बगालेले जानकारी दिए । तर सदस्यहरुले सोहि जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधी उपलव्ध गराईने उनको भनाई छ । सहकारी वस्तिमा घर निर्माणका लागि ८२ जना शेयर सदस्यले आवेदन दिएका छन् । तर ति मध्ये आवेदशक सदस्यको आवश्यकताका आधारमा घर पाउने सदस्य छनौट गरिने संस्थाका सचिव राजेन्द्र दाहालको भनाई छ । बस्तिका घर ओगट्ने र त्यसलाई व्यापारको माध्यम बनाउन नदिन संस्था सजग रहेको पनि उनले बताएका छन् ।

संस्थाले घर नभएका सदस्यलाई अनुदानमा उपलव्ध गराउन नभई सहुलियतका लागि एकिकृत वस्ति बनाउन थालेको जनाएको छ । २ वर्ष अघि ४ करोड १७ लाखमा खरिद गरिएको जग्गा हाल खरिद गरेकै समयको मुल्यका आधारमा उपलव्ध गराईने र एकै पटक धेरै घर बनाउँदा लागत पनि कम हुने भएकाले सदस्यले सहुलियत महसुस गर्ने सहकारी वस्ति निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेले बताएका छन् ।
८ हजार शेयर सदस्य रहेको संस्थाको शेयरपूँजी हाल करिव २९ करोड रुपैयाँ रहेको रहेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले हाल कमल गाउँपालिकाको मंगलबारे, मोरङ्को उर्लाबारी, पथरी र मधुमल्ला तथा ईलामको चुलाचुली सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । विर्तामोड सेवा केन्द्र पनि सञ्चालनको अन्तिम अवस्थामा पुगेको संस्थाले जनाएको छ । यस्तै झापाको गौरादह, शिवसताक्षी, कनकाई र मोरङ्को रतुवामाईमा सेवा केन्द्र विस्तारका लागि अनुमति पाई सकेकाले यसै वर्ष भित्र सेवा विस्तार गरिने जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here